लोडसेडिङको गफ


जलविद्युत सम्बन्धि सामान्य जानकारीका लागि सम्बन्धित व्यक्तिसित सल्लाह लिएर तयार पारिएको :

Anotherverse

पहिला ठूलै कुरा गरौँ,पृथ्वीले यसको सतहमा भएका सबैलाई आफुतिर गुरुत्वबल(gravity) ले तानेर राखेको छ,अनि कतै अग्लो ठाँउमा जानुपर्यो भने यो गुरुत्वबलको असर घटाउनलाई काम (work) गर्नुपर्छ। जब माथि पुगिन्छ यो काम त उचाइको स्थितिले गर्दा हुने शक्ति (potential energy) मा परिणत हुन्छ।अर्थात,पृथ्वीको गुरुत्वको कारणले हुने स्थिति शक्ति (potential energy) जति उचाइमा पुग्यो त्यति नै धेरै हुन्छ। फाइदा के त यसरी उचाइमा पुग्नुको भने,पहाडको माथिबाट तल बेसीसम्म बग्ने खोलामा जति उचाइमा गयो त्यति नै पानीको potential energy धेरै हुन्छ। धेरै उचाइमा रहेको पानी कम उचाइमा बग्दा यतिकै जाने शक्तिलाई बदलेर काममा लिने प्रयास परापुर्वकालदेखी नै विभिन्न तरिकाले भइरहेका छन्,नेपालमै पनि गाउँतिर देखिने पानीघट्ट यसको उदाहरण हो। जलविद्युत (hydropower) बनाउने भन्नाले यही उचाइमा रहेको पानीको potential energy लाई कुनै तरिकाबाट तारमा बहने बिजुलीमा लैजानु हो।

बगेको पानीलाई बग्ने इलेक्ट्रोनको रुपमा लैजान सजिलो भने छैन, जति यसको फर्मुला सजिलो देखिन्छ।हामीले देख्ने ६००मेगावाटको बुढीगन्डकी, ४५६ मेगावाट माथिल्लो तामाकोशी प्रकारका तथ्याङ्कमा ती पावर स्टेसनको क्षमतालाई…

View original post 619 more words

टिप्पणी छोड्नुहोस्