हालसम्म CYS ले गरेको कामहरुको संक्षिप्त जानकारी

यो ठाउँमा भएका युवाहरुलाई संगै भेटेर सुरु गरिएको यस “चेतनशील युवा समूह” को स्थापना भएको एक वर्ष भर्खरै पुरा भएको छ। “हाम्रो समाज, हाम्रो दायित्व”को मूल नाराका साथ अगाडी बढेको यस समुहले यस समयको बिचमा धेरै कार्यहरु गरिसकेको छ। केहि कामहरु संक्षिप्तमा उल्लेख गरिएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

हाम्रो खुशीको पर्याय

भनिन्छ यो सूचना प्रविधि को समय हो। मान्छे आफु आफुमा भेट्ने समय हुदैन। तर सामाजिक संजालमा बाँधिएर घन्टौ बस्ने मान्छे नि हुन्छन। मान्छे मान्छे भेटेर साथि बनाउँदैनन् तर फेसबुक र ट्वीटरमा धेरै साथि बनाएर गर्व गरिराखेका हुन्छन। यस्ता यावत् समस्याहरु धेरै देख्न र सुन्न पाइन्छ। यही परम्परालाई केहि हदसम्म पन्छाउदै गठन भएको हाम्रो “चेतनशील युवा समूह”ले हाम्रो समाजमा सानो समयमा निकै ठुलो परिवर्तन ल्याएको हामी मान्दछौं। यही कुरालाई आत्मसाथ गर्दै जाँदा धेरै सफल कार्यक्रमका साथसाथै अड्कलहरु पनि भेट्टिये। र अहिले आफ्नै कार्यस्थलक साथ हामी आईपुगेका छौं। पढ्नेक्रम जारी राख्नुहोस्

दुई ईन्जीनियर

आज घर फर्किदा एउटा द्रिश्य देखियो। द्रिश्य केहि नौलो भने हैन। सधै देखापर्ने द्रिश्य नै हो। म हाम्रो चेतनशील युवा समुहका दुई Electronics Engineers को कुरा गर्दै छु। क्रमशः आर्जन के सी र विजय पौडेल।

आफ्नो उमेरभन्दा धेरै ज्ञान भएको भान गराउने मित्र आर्जन र सधै सोझोपनको उदहारण देखाई राखने मित्र विजय यसै घुम्न निस्किएका रहिछन। दुवै यस ठाउँमा निकै पहिले देखि बसोबास गर्दै आएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

सिघ्र स्वास्थलाभ

हिजो चेतनशील युवा समूहका मित्रहरु एउटा अर्को टोलबासी मित्रको दुर्घटना भएको कारणले उहाँको हालखबर बुझ्न र सान्त्वना दिन Norvic Hospital जानुभएको थियो। उहाँको स्वास्थमा केहि सुधार हुदै गएको भन्ने जानकारीमा आएको छ।

हामी सबैको तर्फबाट मित्र सिजन के. सी. को सिघ्र स्वास्थलाभको कामना।