हामीले गरेका कामहरुको संक्षिप्त जानकारी


Ankit Acharya

यो ठाउँमा भएका युवाहरुलाई संगै भेटेर सुरु गरिएको यस “चेतनशील युवा समूह” को स्थापना भएको एक वर्ष भर्खरै पुरा भएको छ। “हाम्रो समाज, हाम्रो दायित्व”को मूल नाराका साथ अगाडी बढेको यस समुहले यस समयको बिचमा धेरै कार्यहरु गरिसकेको छ। केहि कामहरु संक्षिप्तमा उल्लेख गरिएको छ।

मन्दिर सरसफाई
यस समूहको पहिलो कार्यक्रमको रुपमा हामिहरुले मन्दिर सरसफाई संचालन गरेका थियौ। यो सबभन्दा पहिलो पाइला थियो। हामीले हाम्रो अनौपचारिक थालनी यही कार्यक्रमबाट गरेका थियौ। केहि साथीहरु मिलेर हामीले मन्दिरको परिसर सफा गर्यौ, टालीहरु पखाल्यौ र दियोहरु पखाल्यौ। वरिपरिका बासिन्दाहरुबाट हामीले राम्रो जस पाएका थियौं।

साक्षात्कार कार्यक्रम
हाम्रो औपचारिक सुरुवात हामीले साक्षात्कार कार्यक्रम बाट गरेका थियौ। हाम्रो समूहलाई समाजसामु प्रस्तुत गरेका अवसर यही थियो। यसको लागि हामीले घरघरमा गएर प्रतिक्रिया लिएर कार्यक्रमको निमान्त्रना दिएका थियौं। हाम्रो स्तापना कसरि हुन गयो, हामीले के के गर्यौ र भविष्यमा के के कामहरु गर्ने छौ, हाम्रो आर्थिक स्रोत के हो, लगायतका कुराहरुको जानकारी हामीले दिएका थियौ। कार्यक्रमको अन्त्यमा सबैबाट राम्रो प्रतिक्रिया पाएका थियौं।

रक्तदान कार्यक्रम
“श्यामाश्याम बचत तथा ऋण सहकारी संस्था”को बार्षिकोत्सवको अवसर मिलाएर हामीले रक्तदान कार्यक्रम संचलान गरेका थियौं। त्यस दिन गरिएको रक्तदान कार्यक्रमको लागि हामीले समाज भरि घरघरै गएर निमन्त्रणा दिएका थियौं र इक्छुक व्यक्तिहरुको नाम र सम्पर्क ठेगाना संकलन गरेका थियौं। करिब ७० यूनिट रगत जम्मा गराएर रेडक्रसलाई सहयोग गरेका थियौं। रक्तदान गरेका सबैलाई प्रमाणपत्र वितरण गरेर कार्यक्रम भव्य रुपमा सफल भएको थियो।
खेलकुद दिवस
“चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्था”को बार्षिकोत्सवको अवसर पारेर हामीले खेलकुद दिवसको आयोजना गरेका थियौ। साना भाइबहिनीहरुलाई केन्द्रित गरिएको यस कार्यक्रममा थुप्रै रमाईला खेलकुदक कार्यक्रमहरु संचालन गराएका थियौं हामिहारुले। Football, Badminton, Balloon Race, Tug-of-War, आदि जस्ता खेलहरु भाइबहिनीलाई खेलाएका थियौं। यसका साथै हरेक खेलाडीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरेका थियौं।
शिवरात्री कार्यक्रम
हिन्दुहरुको महान चाड शिवरात्रि को अवसर मिलाएर समाजले कार्यक्रम गर्ने निधो गरेको थियो। हामीलाई मन्दिर सरसफाई र सृंगारको दायित्व दिइएको थियो। हामीले मन्दिर परिसर सरसफाई गर्यौ, भित्ताहरुमा रंग लगायौं, छेउको खाल्डोमा माटो भरेर बोटबिरुवा रोप्यौं, मन्दिरमा ध्वजापताका लगाएर सृंगार गर्यौं, र परिसर घेर्ने कामहरु गरेका थियौं।

यी सबै त देखापर्ने कामहरु मात्र भए। यसका साथै हामिहरु आफूआफूबीच Hiking गयौं, Bonfire हरु गर्यौ, गीतसंगीत कार्यक्रमहरु पनि थुप्रै गर्यौ। अबका आउँदा दिनहरुमा पनि यस्ता कामहरु अझै गर्दै जानेछौं। एकअर्कालाई देख्दा नचिनेको हुने ठाउँमा आज सबै एकअर्कालाई चिन्छन्। नयाँ ठाउँमा घर सरेर आएकाहरुले साथि भेटेका छन्। कसैलाई देख्दा आँखा तरेर हिड्ने गरेको बेलामा आज भेट्दा संगै कुरा हुने गर्छन। एउटै गाडीमा संगै हिंड्दा कुरा गर्ने साथि भएका छन्। यस्ता अनेकौ सानासाना लाभहरु हामीले पाएका छौं। यसको श्रेय केवल यस संस्थालाई दिन सकिन्छ।
[We will be coming up with more.. stay tuned! and thank you for your support]

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )