एक युवा समूह त्यो ठाउँ हो जहाँ युवाहरु आफु र आफुजस्तै अरु युवाहरुसंग भेटघाट गर्ने अवसर प्राप्त गर्छन, जहाँ विभिन्न कार्यहरु गर्ने मौका पाइन्छ, चाहे त्यो खेलकुद, राजनीतिक, शैक्षिक, धार्मिक, अथवा अरु कुनै कला नै। युवा समूहमा युवाहरुमा आफ्ना घरपरिवार, स्कुल, कलेजबाहेक पनि आफ्नोपना महासुस हुन्छ। समूहमा थुप्रै साथीहरुबाट नयाँ सीप सिकिन्छ, र आफुलाई आएको सीपहरु सिकाइन्छ, आत्मविश्वास बढाउने कामहरु हुन्छ, र भविष्यमा काम लाग्ने कार्यहरु सिकिन्छ। “चेतनशील युवा समूह”ले यो समाजमा गर्न खोजेको पनि यही हो। रमाइलो गर्दै, आफनोपनाको भावका साथ साथीहरु संग भेटघाट र समाजलाई सहयोग गर्ने खलेको कार्यक्रमहरुमा अघि सर्दै आज हामि स्थापनाको एक वर्ष पुरा गरेका छौ।
आज त्यही स्थापनाको एक वर्षको उपलक्ष्य पारेर हामीले यस newsletter यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेका छौँ। स्थापनाको एक वर्षको अन्तरालमा यस समुहले गरेका कार्यहरु, र भविष्यमा गर्ने कामहरुको जानकारी, र युवा साथीहरुलाई आफ्नो बौद्धिक र सृजनात्मक कलाहरुलाई अरु समक्ष पेश गर्ने थलो दिनका लागि यो संस्करण हामीले अघि ल्याएका छौं। अन्तिममा यस संस्करण हाम्रा साथीहरु र समाजको सहायताबिना सम्भव हुने थिएन, त्यसका लागि सबैलाई धन्यवाद छ। आउँदा दिनहरुमा अझ धेरै संस्करणहरु ल्याउने प्रयत्न गर्ने नै छौं।