हाम्रो खुशीको पर्याय


भनिन्छ यो सूचना प्रविधि को समय हो। मान्छे आफु आफुमा भेट्ने समय हुदैन। तर सामाजिक संजालमा बाँधिएर घन्टौ बस्ने मान्छे नि हुन्छन। मान्छे मान्छे भेटेर साथि बनाउँदैनन् तर फेसबुक र ट्वीटरमा धेरै साथि बनाएर गर्व गरिराखेका हुन्छन। यस्ता यावत् समस्याहरु धेरै देख्न र सुन्न पाइन्छ। यही परम्परालाई केहि हदसम्म पन्छाउदै गठन भएको हाम्रो “चेतनशील युवा समूह”ले हाम्रो समाजमा सानो समयमा निकै ठुलो परिवर्तन ल्याएको हामी मान्दछौं। यही कुरालाई आत्मसाथ गर्दै जाँदा धेरै सफल कार्यक्रमका साथसाथै अड्कलहरु पनि भेट्टिये। र अहिले आफ्नै कार्यस्थलक साथ हामी आईपुगेका छौं।

आदरणिय श्री केदार श्रेष्ठ ज्युको घरको तल्लो भागको कोठा हामीलाई प्राप्त भएको थियो। सो कोठालाई सफा गर्ने काम यो भन्दा पहिलो हप्ता नै सकिसकेको थियो। आधि भन्दा बढी कोठा लाई पुनः रंगने काम नि सकिसकेको थियो। पछिल्लोपटक सफा गर्ने समयमा म सहभागी हुन पाएको थिइन। यो पटक पनि आर्जन संग भेट नभएको भए पुगिने थिएन होला। तर यसै गरि नै त घटनाहरुको गांठोहरु फुक्लिदै जाँदा काम बन्दै जान्छ। त्यसैगरि म पनि पुगें त्यहाँ।

हिल्लामे बाटो छल्दैपर्दै त्यो घर पुग्दा बाहिर बाट नै कुनै राजनीतिक पार्टीको कार्यालय हो कि भन्ने भान पनि आउदो थियो। बाहिरैबाट भिन्नभिन्न विषयमा गफ हुदै गरेको। प्रवेश गेटमा आर्जन, सुरेन्द्र र क्षितिज मस्त गफ दिदै गरेको पाँए। वर्तमान समयमा चल्दै गरेको विश्वकपको कुरा चलाएँ। अघि भनेको घरको तल्लो कोठा, जहाँ हाम्रो कार्यालय स्थापना गरिदै छ, त्यहाँबाट अझै बढी हल्ला आउदै थियो। म परें हल्लाप्रेमी मान्छे, त्यतैतिर गएँ। गुम्सिएको हावा र वाइट सिमेन्टको गन्ध बाहिरबाट थाहा लाग्यो। म आउन अलि ढिला नै भएको रहिछ। हाम्रा धेरै साथिहरु पहिले नै उपस्थित रहिछन। साथीहरु नुतन(दिदि), अनन्दीता(दिदि), रोजिना, प्रतिक, सिद्धान्त, स्नेहा, प्रतिभा, अविरल र एन्जीला सब रहिछन।

पहिलोपटक त्यहाँ पुग्दा सब भद्रगोलको स्थितिमा थियो। यो पाली हेर्दा अर्कै ठाउँ आएको जस्तो लग्यो। सब नचाहिने सामान हटाइसकेका रहिछन साथिहरुले अघिल्लो हप्ताको सफाई गर्दा। चाहिने सब सामान लाई एक कुना लगाएर राखिएको थियो। साथिहरु आलोपालो गरेर कोठा रंगने काम गर्दै थिए, बाँकी गफमा रमाएको थिए। म पनि के कम, लागीहालें। हुन त सधैं भेट्दा रमाइलो नै गरिन्छ तर पनि आफ्नै कार्यस्थल हुन पाउँदाको रमाइलो अर्को नै हुदो रहिछ। हावामा अर्कै उर्जा चढेको जस्तो लाग्दै थियो त्यो बेलामा, अझै सब तयार हुँदा के हुने होला।

यस्तै हाँसखेल गर्दै अँध्यारोको वास्ता नगरेर आलटाल हुने काम सकियो। टाटोपाटो हुनेगरि कोठा पनि रंगियो। उज्यालोमा कस्तो देखिएको छ कुन्नि, हेर्नुपर्ने। अब जस्तोसुकै भएपनि आफ्नै हो भनेपछि अर्कै सन्तुष्टी हुदो रहिछ। भित्ताहरुमा अब त सजावटका सामानहरु बिस्तारै एकपछि अर्को हुदै भरिन्छ होला। अब त्यो कोठा कोठामात्र रहदैन, खुशीको कारण, हासोको पर्याय र अरु केहि पनि।

मैले कुरा सुरु ‘सूचना प्रविधि को समयको हो’ बाट गरेको थिएँ, अन्त्यपनि त्यसैबाट गर्दछु। मान्छे जति संगै भेटेर रमाइलो गरेपनि सबै समय त्यसैमा व्यतित गर्न सक्दैन। आखिर प्रविधिले नै त सबैलाई बढेर राखेको छ। घर फर्किएर यो लेख लेख्दै थिएँ, अलिकति लेखिसकेर बसेको, बत्ति गयो, अनि बिर्सियीएको थियो। धन्यवाद आर्जन सम्झना गराई दिएकोमा।

भनिन्छ खुशी बाँडेर अझ बढ्छ। मलाई त सार्है खुशी लागेको छ यहाँको प्रगति देखेर। त्यसैले पनि आफ्नो तर्फबाट सबलाई सुनाऊँदै छु। अहिले केहि चित्रहरु हाल्न त हुन्थ्यो होला, तर सबै काम सकेपछिको चित्रले अझै राम्रो देखिएला भन्ने विश्वास राखेको छु। यो पढ्ने सबैले पनि मेरो खुशीमा साथ दिनुहोस्, अझ बढी खुशी होला।

Advertisements

One thought on “हाम्रो खुशीको पर्याय

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )